मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

ट्याक्टर दुर्घटनामा एकको मृत्यु चार घाईते

दैनिक नेपाल २०७५ जेठ ३१ गते १९:२४


-मिना बुढाथोकी

सल्यान, ३१ जेठ । सल्यानमा बिहीबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ४ जना घाईते भएका छन् । मृत्यु हुनेमा कुमाख गाँउपालिका ७ चिसापानी निवासी ६८ वर्षीय बलविर मिजार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै घाईते हुनेहरुमा कुमाख गाउँपालिका ६ का ४५ वर्षीय विर्मी बुढाथोकी, कुमाख गाउँपािलका ७ का ३२ वर्षीय धन बहादुर विकको अवस्था चिन्ता जनक रहेको छ । यस्तै सोही ठाउँका १७ वर्षीया तारा विसि, १७ वर्षीय प्रेम बिसी पनि घाईते भएको सल्यानका प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले जनाए । घाईते सबैको उपचार रुकुमको चौरजहारीस्थित मिसन अस्पतालमा भइरहेको छ ।

रागेचौरबाट बालुवा लिएर बडागाउँ जाँदै गर्दा कुमाख गाउँपालिका ४ त्रिवेणीमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटना पछि चालक फरार रहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित