आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

प्रदेश २ को मन्त्रिपरिषदद्वारा प्रदेश प्रहरी ऐन पारित

दैनिक नेपाल २०७५ जेठ ३१ गते १९:२०


बीरगंज ३१ जेठ । प्रदेश नम्बर २ को मन्त्रिपरिषदको वैठकले प्रदेश प्रहरी ऐन सर्वसम्मतले पारित गरेको छ । यो ऐन पारित भएसँगै अब प्रदेश सरकारले आफ्नो प्रादेशिक प्रहरी भर्ना गर्ने बाटो खुलेको छ ।

त्यसैगरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बिहीबार नै सम्पन्न मन्त्रिपरिषदको वैठकले मुस्लिम धर्मावलम्वीको महानपर्व इदको अवसरमा आगामी असार ३ गते आईतबार प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय गरेको मुख्य मन्त्रीका स्वकिय सचिव दिपक यादवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित