मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सेतो बिरालो भन्छ : आजको खेल रसियाले जित्छ (भिडियाेसहित)

दैनिक नेपाल २०७५ जेठ ३१ गते १८:०१


काठमाडौँ, ३१ जेठ । विश्व फुटबलको महामेला बिहीबारदेखि शुरु हुँदैछ । विश्व कपको पहिलो खेल नेपाली समय अनुसार बिहीबार राती ८ः४५ बजे शुरु हुँदैछ ।

आजको खेलमा आज साउदी अरेबियार आयोजक देश रसियाबीच प्रतिष्पर्धा हुनेछ । आजको खेल कसले जित्ला त ? विभिन्न अड्कलबाजीका बीच जन्मदै बहिरो रहेको सेतो बिरालोले भने भविष्यवाणी गरेको छ । यो बिरालो यतिबेला चर्चामा छ ।

विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले पहिलो दिनको खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको छ । आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

भविष्यवाणीपूर्व बिरालोलाई दुईवटा प्लेटमा मनपर्ने खानेकुरा दिइएको थियो । एउटा प्लेटमा रसियाको झण्डासँगै खानेकुरा र अर्को प्लेटमा साउदी अरेबियाको झण्डासँगै खानेकुरा राखिएको थियो ।

टेबलमा राखिएको उक्त खानेकुरा अकिलिसले दुवै तर्फको प्लेट एकछिन हेरेर अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खाएको थियो । अकिलिस मानिससँगको सामिप्यका लागि जानिन्छ । उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित