मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

ट्रम्प–किम वार्ताको नेकपाद्वारा स्वागत

दैनिक नेपाल २०७५ जेठ ३१ गते १७:४८


काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको भेटवार्ताको स्वागत गरेको छ ।

अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका बीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेकपाले अपेक्षा लिएको छ ।

हालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासहरुमा यस शिखर वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने हाम्रो विश्वास रहेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘मुलुकहरुका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी सम्वादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न शिखर वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ’ विज्ञप्तीमा भनिएको छ ।

सहमति भएका विषयहरुलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयहरुमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गराउने भन्दै यस्ता वार्तालाई निरन्तरता दिदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेको नेकपाले जनाएको छ ।

ट्रम्प र उनबीच यही जुन १२ गते सिंगापुरमा पहिलोपटक भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित