आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

चितवन मानव सेवा आश्रमलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

दैनिक नेपाल २०७५ जेठ ३१ गते १७:१२

काठमाडौँ, ३१ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । आश्रमको सभाकक्षमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रू तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरिन् ।

उक्त समारोहमा बैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु नितान्त आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने बताए ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले बताए ।

हालसम्म आश्रमले विभिन्न उमेर समूहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधीउपचार सहितको गाँस, बासको व्यवस्था गर्दै आएको छ । साथै हाल ५४ जनाले उक्त आश्रममा सेवालिई राखेको र ६४ जनालाई उपचार पश्चात परिवारमा पुर्नमिलन गराइएको आश्रमकी अध्यक्ष शर्माले जानकारी दिइन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा एटीएम .र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित