बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

भैरहवाबाट सिद्धार्थ यातायात प्रालिका गाडी सञ्चालन

दैनिक नेपाल २०७५ जेठ ३१ गते १६:५६


भैरहवा, ३१ जेठ । रुपन्देहीमा सिद्धार्थ यातायात ब्यवसायी समितिका निबर्तमान अध्यक्ष सूर्यकुमार सारु मगरको अध्यक्षतामा पहिलो पटक यातायात प्रा. लि. सञ्चालनमा आएको छ । २०७२ सालमा दर्ता गरिएको सिद्धार्थ यातायात प्रा. लि. असार १ गते देखि भैरहवा–बुटवल सडक खण्डमा गुड्ने छन् ।

३५ जना शेयर सदस्य सम्म रहने यो प्रा.लि. मा ५ करोड अधिकृत पँुजी र ३ करोड ५० लाख चुक्ता पुँजी रहेको छ । भविष्यमा सुबिधा सम्पन्न एसी बस सञ्चालनमा ल्याउने उद्देश्य लिएको सिद्धार्थ यातायात प्रा. लि. ले हाल २० वटा माइक्रो बस सञ्चालनमा ल्याएको छ । भैरहवाको बेलहिया देखी बुटवल गोलपार्क सम्म गुड्ने सबै बसको रङ एउटै हुनेछ ।

भगवान् गौतमबुद्धको चिनारीको रुपमा रहेको बुद्ध कलरले बसहरुलाई रङ्गाइएको छ । सिद्धार्थ यातयात प्रा. लि. ले सञ्चालन गर्ने बसहरु अपाङ्ग मैत्री हुनेछन्, जसमा पूर्ण रुपमा अपाङ्ग भएका र अपाङ्ग परिचय पत्र रहेका नागरिकहरुलाई निःशुल्क रुपमा सेवा दिने अध्यक्ष सारुमगरले बताए ।

सरकारी नियम अनुसार नै भाडादर हुने यि बसहरु यात्रु पर्खन कुनै ठाउँमा धेरै बेर नरोक्ने र जेब्रा क्रसिङमा गाडी नरोक्ने जानकारी अध्यक्ष सारुमगरले दिएका छन् । आगामी साउन १ गते देखि प्रा.लि. ले सञ्चालन गरेको बसहरुमा टिकट प्रणाली हुने छ । सिद्धार्थ यातायात प्रा.लि. ले आउने कहि समयमै पहिलो चरणमा ८ वटा एसी बस जसमध्ये ४ वटा भैरहवा–बुटवल र ४ वटा भैरहवा–लुम्बिनी सञ्चालन गर्ने तयारीमा छ ।

शुरुका दिनमा रुपन्देहीमा सञ्चालन गरेपनि प्रदेश नं. ५ हुँदै राजधानी काठमाडौँ देखि लिएर देशभर नै गाडी सञ्चालनमा ल्याउने जानकारी अध्यक्ष सारुमगरले दिए । सिद्धार्थ यातायात प्रा.लि. का गाडीहरु असार १ गते अथात् भोली बिहान ७ बजे भैरहवा बसपार्क देखि उद्घाटन पश्चात ब्यवसायिक रुपमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित