मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

सामसङ्गको नयाँ एयर प्युरिफायर नेपाली बजारमा

दैनिक नेपाल २०७५ जेठ ३१ गते १६:४६


काठमाडौं जेष्ठ ३१ । नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले हालै ए एक्स तीन हजार (AX3000) एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ । सामसङको उक्त एयर प्युरिफायरले शीघ्र रुपमा कोठाको हावालाई स्वच्छ बनाउँदछ । यसमा भएको पिएम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छ वातावरण सिर्जना गराउँदछ ।

ए एक्स तीन हजार सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावालाई स्वच्छ पारी प्रभावकारी रुपमा कार्य गर्दछ । नेपाली बजारमा उपलब्ध उक्त एयर प्युरिफायरको मूल्य २२ हजार ४ सय ९० रहेको छ । यसले उच्च रुपमा हावालाई स्वच्छ पार्न सक्दछ । ३२७ मिटर क्युव प्रतिघण्टाको दरमा ३९ स्क्वायर मिटरको कोठामा हावा स्वच्छ पार्न सक्ने क्षमता यसमा रहेको छ ।

यसमा भएको ट्रिपल प्रिमियम फिल्टरले ९९ प्रतिशसम्म प्रदुषण रहित पार्न सक्दछ । यसमा आउट अद्वितीय फिल्टरहरु जस्तैः प्रि फिल्टर, डियोड राइजेशन फिल्टर र फिएम २.५ फिल्टर रहेको छ ।

विभिन्न कलरको साथ यसमा डिजिटल डिस्प्ले रहेको छ । यसमा भएको डिस्प्लेले प्रदुषण घटेको जानकारी तुरुन्तै प्रदान गर्दछ । यसको सेन्सरले पि.एम २.५ को तहलाई न्यूमेरिक म्येजरमेन्टको माध्यमले प्रस्तुत गर्दछ । सामसङ एयर प्युरिफायर नेपाल अधिराज्यभरका सामसङका डिजिटल प्लाजा तथा निश्चित आधिकारिक सामसङ डिलरहरु मार्फत सहजै खरिद गर्न सकिन्छ ।

सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लिमिटेड विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्फत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध छ । कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित