आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

छतबाट लडेर सहचालकको मृत्यु

दैनिक नेपाल २०७५ जेठ ३१ गते १३:०८

विराटनगर, ३१ जेठ । विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ ।

मोरङको ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।

को१ख २१०३ नंको बसको छतमा बुधबार राति सुतेका उनी अचानक छतबाट लडेर गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएपछि उनको उपचारका क्रममा मृत्यु भएको हो । -रासस

प्रतिक्रिया
सम्बन्धित