मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

यी हुन् तस्कर डिएसपी भण्डारी, अब जाने भयो जागिर !

दैनिक नेपाल २०७५ जेठ ३० गते २१:२५

काठमाडौं, ३० जेठ । संखुवासभा जिल्लामा काठ तस्कारीमा संलग्न रहेको अभियोगमा सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीसहित ४ जना निलम्बनमा परेका छन् ।

संखुवासभास्थित चैनपुर सशस्त्र प्रहरी बेसक्याम्पका प्रमुख भण्डारीसहित प्रहरी जवान दीपक कट्टेल, मिलनकुमार राई र चालक दीपेन्द्रकुमार चर्माकारलाई गृहमन्त्रालयको आदेशमा निलम्बन गरिएको हो । उनीहरू काठ तस्करीमा संलग्न रहेको पाइएपछि गृहमन्त्रालयले विभागीय कारबाही गर्न आदेश दिएको थियो ।

उनीहरूलाई सशस्त्र प्रहरी नियमावली अनुसार निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आइतबार भण्डारीसहितको टोली बा १ ग १६६९ नम्बरको ट्रक प्रयोग गरी करिब १ सय क्युफिट सालको काठ तस्कार गरी लैजाने क्रममा पक्राउ परेका थिए ।

संखुवासभाको चैनपुरबाट काठ तस्कार गरी सुनसरीको इटहरीतर्फ लैजाँदै गर्दा धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकास्थित सुरक्षा बेसक्याम्पबाट खटिएको सशस्त्रको टोलीले मुलघाटबाट उनीहरूलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालयले तस्कारीमा संलग्न ४ जना विरूद्व कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

पक्राउ परेको काठ जिल्ला वन कार्यालय धनकुटामा रहेको र जिल्ला वन कार्यालय धनकुटाले पनि उनीहरूविरूद्व कारबाही प्रकृया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित