मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा कञ्चनपुरको बेदकोट र महोत्तरीको सम्सीमा

दैनिक नेपाल २०७५ जेठ ३० गते १८:२५

काठमाडौँ, ३० जेठ । एनआईसी एशिया बैंकले पछिल्लोपटक दुई नयाँ शाखा विस्तार गरेको छ । बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखाको बुधबार औपचारि उदघाटन गरिएको छ ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दबाट बेदकोट शाखा र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकबाट सम्सी शाखाको विधिवत् उदघाटन गरिएको बैंकले जनाएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको बैंकको दाबी छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया
सम्बन्धित