मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

ओली असार ५ गते चीन जाने पक्का, को को छन् टिममा ?

दैनिक नेपाल २०७५ जेठ ३० गते १६:४४

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते उत्तरी छिमेकी चीन भ्रमणमा जाने पक्का भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् । बाँकीको टुङ्गो लागिगकेको छैन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नुका साथै ल्हासाको भ्रमण गर्नेछन् । ओलीले दुई वर्ष अघि चीन भ्रमणका बेला गरेका सम्झौता कार्यान्वयन लागि पनि पहल गर्ने बताइएको छ । साथै, त्यो बेला उठेका तर, सम्झौता नभएका विषयमा योपटक सम्झौताको तयारी छ ।

गएको फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओली आफ्नो पहिलो विदेश भ्रमणस्वरुप भारत गएका थिए । ओली भारत गएको एक महिना नपुग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख तेस्रो साता नेपाल आएका थिए ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङ र प्रधानमन्त्री खछ्याङलाई नेपाल भ्रमणको निम्ता दिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित