आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

त्रिभुवन मावि र जनज्योती मावि सेमिफाईनलमा प्रवेश

दैनिक नेपाल २०७५ जेठ ३० गते १६:११


कोहलपुर, ३० जेठ । प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मावि र जनज्योती मावि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट चरणका खेलहरु जारी रहेपनि आफ्नो समूह बिजेता हुँदै त्रिभुवन र जनज्योती माविले सेमिफाईनल चरणको यात्रा तय गरेका हुन ।

बुधबार कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सरस्वती माविलाई पराजित गर्दै त्रिभुवन मावि समूह बिजेता बनेको हो । सरस्वती माविले पहिले ब्याटिङ गर्दै ९३ रनको स्कोर खडा गरेको थियो । निर्धारित १५ ओभर पुरै खेलेको सरस्वतीले अतिरिक्त ३० रनको मद्धत्तमा सम्मानजनक स्कोर खडा गर्‍यो ।

सरस्वतीका लागि कौशिका वि।क। ले २०, लक्ष्मी कुमालले १८ र निर्जला वलीले १३ रन जोडेपनि अन्य खेलाडीहरुले भने दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीका खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा त्रिभुवन माविका खेलाडीहरुले उत्कृष्ट बलिङ गरेका थिए ।

९४ रनको लक्ष्य पछ्याएको त्रिभुवन माविले ५ दशमलव ५ ओभरमा मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा गर्‍यो । जसका लागि निलु सुनारले २५ रन जोडेकी थिईन भने टिम क्याप्टेन निरुता शाहीले २३ र सृजना पुन मगरले १९ रन जोडेका थिए । त्रिभुवन माविका खेलाडीहरु आक्रामक ब्याटिङ लाईनमा उत्रिएपछि ८ विकेटको सहज जित निकाल्न उसलाई लाई खासै समय खर्च गर्नु परेन । उक्त खेलमा त्रिभुवन माविकी खेलाडी निर्जा शाही प्लेयर अफ द म्याच घोषित भईन ।

खेलको बिजेता टिमले सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित