मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

सात प्रदेशमा फोनिजको नयाँ संरचना बन्ने

दैनिक नेपाल २०७५ जेठ ३० गते १५:४७


काठमाडौं, ३० जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो ।

मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प्रदेश नम्बर ४, असार २५ गते प्रदेश नम्बर ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश नम्बर ७ मा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय भएको महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

पहिलो चरणमा गठन गरिने प्रदेश तदर्थ समिति फोनिजका प्रदेश इन्चार्जहरुको संयोजकत्व रहने बताइएको छ । प्रत्येक प्रदेशका जिल्ला अध्यक्षहरु प्रदेश तदर्थ समितिका सदस्य रहने छन् । तदर्थ समितिले फोनिजको प्रदेश महाधिवेशन सम्पन्न गर्नेसमेत जिम्मेवारी पाएको छ ।

त्यस्तै बैठकले फोनिजका अग्रजहरु सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति गठन गरको छ । सल्लाहकारहरुमा खिम घले, उजिर मगर, चन्द्रसिंह कुलुङ, सञ्जय सन्तोषी राई, पुष्करभक्त माथेमा, अनिता गुरुङ, गणेश राई, भैरव आङ्ला, आङदावा शेर्पा, कृष्णराज सर्वहारी, रमिता लामा, श्रीकृष्ण महर्जन, राजबहादुर गुरुङ, खेम बुढामगर र गणेश चौधरी चयन भएका हुन् । त्यस्तै अनुशासन समिति संयोजकमा कुमार नेगी र सदस्यहरुमा माला लिम्बू र लाला गुरुङ चयन भएका छन् ।

मंगलबार सम्पन्न बैठकले विभिन्न ८ वटा विभागसमेत गठन गरेको छ । विभागीय जिम्मेवारी अनुसार प्रशिक्षण विभाग प्रमुखमा डण्ड गुरुङ, सदस्यहरुमा गजुरधन राई, लक्की चौधरी, देवीका घर्तीमगर, मनोज घर्तीमगर, जगत दोङ र अमरध्वज लामालाई जिम्मेवारी दिएको छ । त्यस्तै विदेश विभागको प्रमुखमा गजुरधन राई, सदस्यहरुमा मिलन लिम्बू, केदार मगर र सञ्चु ब्लोनलाई बैठकले जिम्मेवारी दिएको हो । संगठन विभाग प्रमुखमा मनोज घर्तीमगर, उप प्रमुखमा मिलन लिम्बू, सदस्यहरुमा दिपिन राई, निरज पिठाकोटे, समीर बलामी, हुम गुरुङ, देव पचभैया, अशोक राजी, रामचन्द्र कुश्मी र उषा तामाङ छन् ।

मंगबारको बैठकले प्रकाशन विभाग प्रमुखमा लक्की चौधरी, सदस्यहरुमा देविका घर्तीमगर, जगत दोङ, कमन देवान, विश्वराज तामाङ, दिपेन्द्र राई र बुद्धवीर बाहिङ राईलाई जिम्मेवारी तोकेको छ भने महिला विभाग प्रमुखमा देविका घर्तीमगर, सदस्यहरुमा अञ्जना शिल्पकार, सञ्चु ब्लोन, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ, अनिता गुरुङ, फुर्कीमा शेर्पा, मिलाकुमारी दरै र रुबी श्रेष्ठलाई जिम्मेवारी ताकेको छ ।

त्यस्तै आर्थिक विभाग प्रमुखमा अमरध्वज लामा, सदस्यहरुमा अञ्जना शिल्पकार, राजु चौधरी, विजयवोध लावती र फुर्कीमा शेर्पालाई जिम्मेवारी तोकेको छ भने संस्थागत समन्वय विभाग प्रमुखमा जगत दोङ, सदस्यहरुमा दिपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्धाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा र सीताराम चौधरीलाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै बैठकले अल्पसंख्यक समन्वय विभाग प्रमुखमा कमन देवान, सदस्यहरुमा ख्याम भुजेल, मिलाकुमारी दरै, यमन दनुवार र विनय चौधरीलाई जिम्मेवारी तोकेको छ भने भवन निर्माण अध्ययनका लागि मिलन लिम्बूको संयोजकत्वमा जगत दोङ र अञ्जना शिल्पकार सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ । उक्त समितिले तीन महिनाभित्र भवन निर्माणका लागि गरी प्रतिवदेन बुझाउने छ ।

प्रतिक्रिया
सम्बन्धित