बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

वर्तमान सरकार ५ वर्ष टिक्छः अध्यक्ष दाहाल

दैनिक नेपाल २०७५ जेठ ३० गते ११:०९

चितवन, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उनले भने, ‘अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।’

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरूकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित