मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

टिममा नपरेपछि स्पेनका खेलाडी पत्नीसँग रमाउँदै

दैनिक नेपाल २०७५ जेठ ३० गते ६:२८

लण्डन, ३० जेठ । स्पेनका खेलाडीहरू विश्वकपको तयारीमा छन् । उनीहरूको धेरैजसो समय अभ्यासमै खर्चिरहेको छ । स्पेनका अर्का खेलाडी सेस फाब्रिगास भने श्रीमती ड्यानिला सिम्यानसँग रोमान्समा व्यस्त छन् ।

स्पेनिस टोलीका मुख्य प्रशिक्षक जुलेनका २३ खेलाडीभित्र नपरेपछि चेल्सीका मिडफिल्डर फाब्रिगास परिवारसँगै बिदा मनाइरहेका जनाएका छन् ।

सन् २००८ को युरोकप तथा २०१० को विश्वकप च्याम्पियन स्पेनिस टोलीका सदस्य फाब्रिगास रसिया विश्वकपलाई अन्तिम बनाउन चाहन्थे ।

चेल्सीमा औसत प्रदर्शन गरेपछि फाब्रिगास राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । परिवारसँगै यार्चमा रमाइलो गरिरहेका फाब्रिगासले श्रीमती र ३ सन्तानलाई खुसी पार्न ‘डिजे’ शैलीमा केही गीत प्रस्तुत गरेका थिए । उनले इस्टाग्राममा केही फोटोहरू पोस्ट गरेका छन् ।

विश्वकप टोलीमा नपरे पनि फाब्रिगास बिबिसीको फुटबल पण्डितका रूपमा रसिया विश्वकपसँग आबद्ध हुनेछन् ।

बिबिसीको फुटबल विशषेज्ञमा फाब्रिगासलाई गेरी लिंकेर, डिडिएर ड्रोग्बा, फ्याक लाम्पार्ड, रियो फर्डिनान्ड, एलान सेयरर, फिल नेभिल, मार्टिन तथा जर्गेन क्लिन्सम्यानले साथ दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित