बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

पहेँलो ‘गोपाल कट्टु’, खैरो टिसर्ट र चप्पलमै सम्पत्ति शुद्धिकरण पुराइयो सुन डन गोरे

एमके अग्रवाल पकडमा ल्याउन बिशेष केरकार

दैनिक नेपाल २०७५ जेठ २९ गते १४:४८

काठमाडौं, २९ जेठ । पहेँलो ‘गोपाल कट्टु’, खैरो टिसर्ट र चप्पल लगाएका साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती, लगानीकर्ता भुजुङ गुरुङ र छिरिङ वाङगेललाई मंगलबार सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको छ ।

गृह मन्त्रालयको छानबिन बिशेष टोलीले म्याद सकिन दुई दिन बाँकी रहँदा उनीहरूलाई सम्पत्ति शुद्धिकरणमा उपस्थित गराउनका लागि जिल्ला अदालत मोरङसँग अनुमति मागेको थियो । सोमबार काठमाडौं झिकाइएका तीनैृ जनालाई विभागमा उपस्थित गराइएको थियो ।

कडा सुरक्षा घेराबीच तीन जनाले विभागमा बयान दिएका छन् । उनीहरूको सम्पत्तिमाथि छानबिन गर्दै विभागले बिगो तिराउनेछ । तिर्न नसके सुन तस्करी, हत्या बाहेक सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि सजाय थपिने छ ।

यसैबीच सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको सुराक खोजीका लागि पनि तीन जनासँग छानबिन समितिले पुनः केरकार गर्ने भएको छ ।

टोलीले अग्रवालको घरमा छानबिन गर्दा भेटिएको महत्वपूर्ण कागजातमा तीनै जनाको संलग्नता र सरोकार पुष्टि भएपछि थप केरकार गर्न लागेको हो ।

अदालतमा तीनै जनाले एमकेसँगको सम्बन्धका बिषयमा विस्तृत खुलाएका थिएनन् । तीन मध्येका छिरिङले त आफु सुन तस्करीमा संलग्न नै नभएको दाबी गरेका थिए ।

तर थप केरबारपछि सुन तस्करीका अन्य प्रमाण ठोस बन्दै निक्र्यौलमा पुग्न मद्दत पुग्ने छानबिन समितिले जनाएको छ । म्याद सकिन दुई दिनमात्र बाँकी रहँदा छानबिन समितिले राजनीतिक व्यक्तिको संलग्नता भने पुष्टि गर्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित