आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

ट्रम्प र किमले यसरी रचे सिंगापुरमा इतिहास

दैनिक नेपाल २०७५ जेठ २९ गते ९:३५

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग–उनबिच सिंगापुरमा बहुप्रतिक्षित र ऐतिहासिक वार्ता सुरु भएको छ । वार्ताका लागि दुवै देशका नेता आइतबार अबेर सिंगापुर पुगेका थिए ।

ट्रम्प र किमबीच सिंगापुरको सेन्तोसा आइल्याण्डको एक पाँच तारे होटलमा वार्ता सुरु भएको हो । वार्ताअघि दुवै नेताले एक अर्कासँग हात मिलाएका छन् । ट्रम्प र किमबीच उनीहरुका ट्रान्सलेटरसहित वार्ता सुरु भएको हो ।

वार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम र उसको परमाणु हतियार निशस्त्रिकरणका बारेमा छलफल हुनेछ । ट्रम्प कार्यकालमै रहेका बेला उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्दैछ । उनीहरूको यो वार्तालाई ऐतिहासिक भनिएको छ ।

ट्रम्पले वार्तालाई शान्तीका लागि ‘वन टाइम सट’ को रुपमा परिभाषित गरेका छन् । उत्तर कोरियाले अमेरिकासँग नयाँ सम्बन्ध स्थापित गर्न चाहेको र त्यसका लागि वार्ता रहेको बताएको त्यहाँको राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित