मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

३३ किलो सुनकाण्ड प्रकरणसँगै गुप्तचर निकायले लियो कडा एक्सन, पूरै सेट फेरबदल

दैनिक नेपाल २०७५ जेठ २९ गते ७:३३

काठमाडौं, २९ जेठ । राष्ट्रिय अनुसन्धान विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विमानस्थल निगरानी उपशाखामा खटिने पूरै सेट विभाग तानिएको छ । सेटलाई विभाग तानेर उपशाखामा क–कसलाई पठाइयो भन्ने विभागले खुलाएको छैन ।

विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले विमानस्थलको निगरानी उपशाखामा खटिएका टोली विभागमा बोलाइएको पुष्टि गर्दै भने, ‘विमानस्थल उपशाखामा धेरै समय खटिएकालाई साटफेरका लागि विभाग बोलाइएको हो । तर, पूरै सेट तानिएको होइन ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

विमानस्थल निगरानी उपशाखामा खटिएका धेरैजसो २ वर्ष बिताइसकेकालाई विभाग बोलाएको उनले दाबी गरे । ‘२ वर्ष काम गरेकालाई बलाइएको हो, सबै पुरानालाई पनि बोलाइएको छैन । पुराना र नयाँ मिलाएर विभागले खटाइरहेको छ’, उनले भने । त्यहाँ खटिएका अनुसन्धान टोलीले सन्तोषजनक काम नगरेकाले विभागमा तानिएको विभाग स्रोतले बतायो ।

प्रतिक्रिया
सम्बन्धित