मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

फिफा विश्वकपमा शिवम सिमेन्टको भविष्यवाणी कार्यक्रम संचालन

दैनिक नेपाल २०७५ जेठ २८ गते १८:०२


काठमाडौं, २८ जेठ । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न लागेको छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यवाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको Predict &WinPost sf]  को Link मा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्ने छ । र, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटतम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

२०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त Predict & win खेल यस पटक पनि निरन्तरता दिएको कम्पनिले जनाएको छ । प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नेछन् । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरि यस Predict & win खेल संचालन गरिरहेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । नेपालका केन्द्र भाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुन ढुङ्गाकोे प्रयोग गरीउच्च गुणस्तरको क्लिंकरका साथै शिवम् ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित