आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

न्युयोर्क बस्ने राजन थपलियाको पुस्तक सगरमाथामा विमोचन

दैनिक नेपाल २०७५ जेठ २८ गते १७:२७


-विजय थापा

अमेरिका, २७ जेठ । विश्वकै सम्राट राज्य अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक शतप्रतिसत जीवन विश्वको सर्बोच्च शिखर सगरमाथामा वबमोचन भएको छ । उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् ।

गत मे १८ शुक्रबार बिहान ८ बजे ख्याति प्राप्त अन्तर्राष्ट्रि हिमाल मार्गदर्शी आङ दावा शेर्पा ले ६ पटक विश्वको सर्बोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके साथै थपलियाको चर्चित कृति शतप्रतिसत जीवनलाई सगरमाथामा विमोचन गरियो ।

पुस्तक सगरमाथामा विमोचन गरिएको नेपाली आप्रवासीको यो पहिलो पुस्तक हो शतप्रतिसत क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकाशित कृति हो । उक्त कृतिमा मान्छेको जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ । पुस्तकमा जीवनलाई कसरी रुपान्तरण गर्ने, आफूलाई कसरी मानसिक रुपमा बलियो बनाउने भन्ने कुरालाई पुस्तकमा बिशेष जोड दिइएको छ ।

शतप्रतिसत जीवन किताब को शिर्षक ले भने जस्तै मानिसलाई जीवन शतप्रतिसत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरामा नै यो किताब केन्द्रित रहेको छ । किताब २ सय ५६ पन्ना को रहेको छ । पुस्तकको बिषयमा लेखक राजन थपलिया भन्छन्, ‘यो साहसीहरुले पढ्ने पुस्तक हो । परिवर्तनमा विश्वास गर्नेहरुले पढ्ने किताब हो । हिजो जे भयो भयो अब आजबाट बदलिन चाहानेहरुले पढ्ने किताब हो । सपना भनेको ठूलो देख्नु पर्छ, यदी जीवनमा ठूलो काम गर्नु छ भने । सबै सपनाहरु पुरा हुँदैननु, यदी ईक्षाशक्ती कमजोर छ भने ।’

उक्त किताब को दोस्रो संस्करण मे ९ तारिख देखि बजार मा उपलब्ध छ । पुस्तक अमेजन्न इबे तथा बार्न्स एन्ड नोबेल मा उपलब्ध रहेको छ । लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टा र पैताला चिकित्साका विद्यार्थी हुन् । पूर्णकालिन लेखनमा व्यस्त थपलिया आफूलाई लेखक भन्दा पनि राम्रो पाठक भन्न रुचाउँछन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, चेन्ज योर्स फ्युचर्स, इन आवर कन्ट्री, द ओल्ड म्यान एण्ड डग, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस, हन्ड्रेड पर्सेन्ट लाईफ र फिफ्टी फाइभ ईयर्स हुन् ।

झण्डै १५ बर्ष किशोरावस्था देखि नै लेखन कार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प (आत्मा) मोटिभेशन (उत्प्रेरणा ) र नोभल (उपन्यास) मा केन्द्रीत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित