मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

काठमाडौँमा प्रहरी इन्काउन्टरमा पर्ने अशोक लामा को हुन् ?

दैनिक नेपाल २०७५ जेठ २८ गते १४:३०

दावा लामा सहितको समूहमा अशोक लामा (रातो घेरामा)

काठमाडौँ, २८ जेठ । सोमबार दिउँसो यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शखमुलस्थित युनएन पार्क नजिक लामामाथि सोमबार दिउँसो एकबजेतिर गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेर घाइते भएका लामाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

लामासहितको समूहलाई पक्राउ गर्न गएको महाशाखाको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी कारबाही गरेको बताएको छ ।

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए । उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

ललितपुरका ढुंगाखानी र व्यवसायीसँग धम्काएर असुली गर्ने धन्दामा लामा संलग्न रहेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित