बुधबार, ६ असार २०७५
DainikNepal.com
बुधबार, ६ असार २०७५

नेपाल प्रहरीमा ३ र सशस्त्रमा २ एआईजीको दरबन्दी कायम गर्ने मन्त्रिपरिषदको निर्णय

दैनिक नेपाल २०७५ जेठ २७ गते १२:१७

काठमाडौँ, २७ जेठ ।  नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पद कटौतीको निर्णय गरेको हो ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

यसैगरी, सशस्त्र प्रहरी बलमा पनि अब २ जना मात्र एआईजी रहने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित