आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

सिंहसँग रिस उठेपछि खोरमै गएर चप्पलले पिटे यी चिडियाघर म्यानेजरले (भिडियोसहित)

दैनिक नेपाल २०७५ जेठ २३ गते १४:२२

यूक्रेन । यूक्रेनको तेगन सफारीबाट एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जुन हेर्दा जो कोहीको पनि सातो उड्न सक्छ । सो भिडियोमा चिडियाघरका म्यानेजर ओलेग जबकोव सिंहहरुको बिचमा भएको देखिन्छ । त्यहाँ करिव ७/८ सिंहहरु थिए, तिमध्ये कोही एकअर्कासँग लडिरहेका पनि देखिन्थे ।

त्यति नै बेला म्यानेजर रिसाउँदै उनीहरुको बिचमा पुग्छन् । ओलेगलाई देखेपछि सिंहहरु पछि हट्छन्, तर केही भने लड्न छाड्दैनन् । त्यो देखेर ओलेगले आफ्नो चप्पलले एउटा सिंहलाई पिट्न थाल्छन् ।

सो भाइरल भिडियोमा ओलेग सिंहहरुसँग रिसाउँदै चिच्चाएको देखिन्छ । चप्पलले पिटेपछि उनले सिंहलाई हप्काउँदै ‘अनुशासनमा बस् नत्र म राम्रो पाठ सिकाउँछु ।’ उनले यसरी हप्काउँदा केही सिंहहरु लुक्न जान्छन् । –एजेन्सी

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया
सम्बन्धित