मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

यसकारण बच्चालाई स्तनपान गराउनु फाइदाजनक

दैनिक नेपाल २०७५ जेठ २२ गते १८:३४

काठमाडौँ । बढ्दो आधुनिकतासँगै महिलाहरुले आफ्नो बच्चालाई स्तनपान गराउन छोडेका छन् । जुन आमा र बच्चा दुबैको लागि राम्रो होइन । नयाँ पुस्ताका आमाहरु शरीर बिग्रने डरमा बच्चालाई कृतिम धुन खुवाउने गर्छन् ।

आफ्नो आमाको दुध राम्रोसँग खान नपाएका भएपनि बालबालिकाहरू बजारमा पाइने विभिन्न आहार खानाले मोटोघाटो देखिने गरेका छन् । अझ विकसित देशहरूमा त बच्चाको मोटोपन मुख्य समस्या नै बनेको छ । तर बच्चाले लामो समयसम्म आमाको दुध खान पाएको अर्थात स्तनपान गर्न पाएको भएमा उसमा मोटोपन निकै कम हुने अनुसन्धानले देखाएको छ ।

जापानमा ४३ हजार बच्चाहरूमा गरिएको अध्ययनमा जो बच्चालाई ६ महिनासम्म स्तनपान गराइन्छ त्यो बच्चामा मोटोपन हुने सम्भावना १५ प्रतिशत कम हुने देखिएको हो । यस्ताबच्चा बलियो, दह्रो र फुुर्तिलो हुन्छ ।

लामो समय आमाको दुध खाने बच्चाको पेटको समस्या, संक्रमण तथा एलर्जी हुने सम्भावनाबाट बचाउँछ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित