मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

अनारको जुसको सेवनले बढाउँछ ‘सेक्स’ पावर

दैनिक नेपाल २०७५ जेठ २१ गते १५:३९

काठमाडौँ । धेरै मानिसहरु आफ्नो पार्टनरको यौन व्यवहारबाट सन्तुष्ट हुँदैनन् । कसैमा शारीरिक समस्या हुन्छ त कसैमा मानसिक समस्या । लिंगको उत्तेजना नहुनेदेखि लिएर यौनइच्छा नै नहुने जस्ता कुराले यौन व्यवहारमा निकै ठूलो प्रभाव पारिरहेको हुन्छ ।

यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार समस्याको समाधान गर्न सकिन्छ । त्यसको साथसाथै प्राकृतिक तवरबाट पनि यसको उपचार गर्न सकिन्छ । यौन व्यवहार सम्बन्धी समस्या बढाउन घरवरिपरि भेटिने फलफुलले समाधान गरिदिन्छ ।

सेक्स पावर बढाउन तथा सेक्सको चाहना बढाउन पनिको लागि अनारको जुस सेवन गर्न सकिन्छ । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म सेवन गरेमा यौन व्यवहार निकै मजबुत हुने एक अध्ययनले देखाएको छ ।

१५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा निकै मजबुत हुने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको हो । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए । सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहुँ एक गिलास अनारको जुस खुवाएका थिए ।

१५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जब टेस्टोस्टेरोन हार्मोन बढ्यो , कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित