मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

यस्ता छन् खाली पेटमा लसुन खानुका फाइदा

दैनिक नेपाल २०७५ जेठ २० गते १३:५८

काठमाडौँ । लसुन विशेषगरी तरकार पकाउँदा प्रयोग गरिन्छ । लसुनलाई गाउँघर तिर घरमा नै पनि उब्जाउन सकिन्छ । लसुनको प्रयोगले खाना स्वादिष्ट बनाउनुको साथै यसमा भएका विभिन्न एन्टीब्याक्टेरियल तत्वहरुले ब्याक्टेरिया तथा भाइरसलाई हटाएर स्वस्थ हुन मद्यत गर्छ ।

त्यस्तै खाली पेटमा लसुनको सेवन गर्नाले पनि शरीरलाई यसले फाइदा पुर्‍याउछ । यस्ता छन् यसका फाइदाः

१. लसुनको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । त्यसको साथै यसले मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ ।

२. काँचो लसुनलाई तातो पानीसँग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ ।

३. यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउ मद्दत गर्छ । साथै पेटको विकारलाई शरीरबाट बाहिर निकाल्न पनि सहयोग गर्छ । यसबाट पेट सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

४. शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउछ ।

प्रतिक्रिया
सम्बन्धित