बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

प्रधानमन्त्रीको गृहजिल्ला झापाबाटै मात्र नेकपाका कति छन् केन्द्रीय सदस्य ?

दैनिक नेपाल २०७५ जेठ १० गते ११:००

झापा, १० जेठ । हालै दुई कम्युनिष्ट पार्टी एकीकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टीमा झापाका १२ जना केन्द्रीय सदस्यमा परेका छन् ।

प्रधानमन्त्री केपी ओलीसहित तत्कालीन नेकपा (एमाले)का १० जना र तत्कालीन नेकपा (माओवादी केन्द्र)का दुईजना परेका हुन् ।

तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्यमा हिक्मत कार्की, रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी, नरेश खरेल, युवराज कार्की, देवेन्द्र दाहाल, डा युवराज खतिवडा र देवराज घिमिरे रहेका छन् ।

त्यसैगरी, तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सुरेन्द्र कार्की र धर्मशीला चापागाई केन्द्रीय कमिटीमा परेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित