मंगलबार, ५ असार २०७५
DainikNepal.com
मंगलबार, ५ असार २०७५

बेल्जियममा नवलपरासी समाजको अधिवेशन सम्पन्न

दैनिक नेपाल २०७५ जेठ १० गते ८:०७

डिल्लीराम अम्माई

बेल्जियम । गत मे २० तारिक आईतबारका दिन नवलपरासी सहायता समाज बेल्जियमको चौथो अधिवेशन बिजय मल्लको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गर्दै आन्त्रोपेनमा सम्पन्न भएको छ ।

बेल्जियमको आन्त्रोपेन शहरमाभएको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै नवलपरासी जिल्ला विभाजन भएकोले समितिको नाम पनि सो अनुरुप बदलेको छ । परिबर्तित बिधान अनुसार अब समितिको नयाँ नाम नवलपुर समाज राख्ने सहमति भएको जनाइएको छ ।

त्यस्तै भेलाले सर्बसहमतिमा चयन गरेका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष हरि सापकोटा, महासचिब नरहरी सापकोटा, सचिबमा दिनेश पाठक र कोषाध्यक्ष टीकाराम सापकोटा रहेका छन् ।

सदस्यहरुमा क्रमशः रमेश सापकोटा, श्रीजना महत र कमल सापकोटा रहेका छन् । सम्मेलनको सहमति अनुसार तीन जना सदस्य आगामी बैठकले चयन गर्नेछ ।

एनआरएनए बेल्जियमका आन्त्वेर्पेन क्षेत्रीय संयोजक गोपाल दाहालको निर्वाचन मण्डलले सहमतिमा निर्वा्चित पदाधिकारीहरुको नाम पढेर सुनाए पछि सम्मेलनको बन्द सत्र सकिएको थियो।

प्रतिक्रिया
सम्बन्धित