आइतबार, ७ असोज २०७५
DainikNepal.com
आइतबार, ७ असोज २०७५

कर्मचारीको तलव र वृद्ध भत्ता वृद्धि होला ? यस्तो रहेछ वाम सरकारको तयारी

दैनिक नेपाल २०७५ जेठ ७ गते २०:१३

काठमाडौं, ७ जेठ । अर्थमन्त्री युवराज खतिवडामाथि कर्मचारी संघ संगठनहरूले कर्मचारीको तलब बढाउन लविङ गरिरहेका छन् ।

निजामती कर्मचारीको दुई वर्षमा तलब समायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ । जसको पालना गर्ने हो भने सरकारले कर्मचारीको तलव बढाउनु पर्नेछ । दुई वर्षअघिका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेमा सरकारी कर्मचारीको तलव बढेको थियो ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले पनि प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री खतिवडासँग तलव समायोजन गर्न माग गरिसकेका छन् । देशको आर्थिक अवस्था कमजोर भएको भन्दै प्रधानमन्त्री ओलीले कर्मचारीको तलव नबढाउने संकत गरेका छन् ।

तलब बढ्दा राज्यकोषमा व्यवभार बढ्ने, महंगी बढ्ने भएका कारण सरकार अहिले तलब बढाउने पक्षमा देखिएको छैन । कर्मचारीको हौसला बढाउने नीतिमा ओली नेतृत्वको सरकार रहेको स्रोत बताउँछन् ।

घोषणा पत्रमा उल्लेख भएअनुसार नै बृद्ध भत्ता भने ५ हजार पुग्ने अवस्था नरहेको बताइन्छ । घोषणा पत्रमा पाँच वर्ष भित्रमा पाँच हजार वृद्धभत्ता पु¥याउने वाम गठवन्धनले उल्लेख गरेका भएपनि कमजोर आर्थिक अवस्थाका कारण वृद्धभत्ता थप गर्ने अवस्था छैन ।

सामाजिक सुरक्षामा सरकारले गर्दै आएको खर्चलाई लघुबीमामार्फत व्यवस्थित गर्ने सरकारले तयारी गरिरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित