आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

ओलीलाई झट्का: भीम रावल ‘फायर’, अचानक किन पुगे बालुवाटार ?

दैनिक नेपाल २०७५ जेठ ६ गते १७:२४

काठमाडौँ, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘फायर’ भएका छन् ।

यसअघि तत्कालिन एमालेका उपाध्यक्ष रहेका रावलले आइतबार ओलीलाई आकिस्मक रुपमा भेटी आफ्ना असन्तुष्टि पोखेका छन् । दिउँसो ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका उनले ओलीलाई खुल्लमखुल्ला चुनौती दिएको स्रोतले दैनिक नेपाललाई बतायो ।

‘उहाँ (रावल) ले अध्यक्षलाई भेटी आफूहरु जस्तो पनि कदम चाल्न सक्ने चेतावनी दिनुभयो’- स्रोतले दैनिक नेपाललाई भन्यो ।

अध्यक्ष ओलीले आफूहरुसँग कुनै परामर्श नगरी निर्णय गरेको, पारदर्शिता नदेखाएको र पाखा लगाउने काम गरेको भन्दै रावलले खुल्ला रुपमै चुनौती दिएका हुन् ।

बालुवाटारमा रावलले ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालसँग पनि छलफल गरेका थिए । उनीहरुले रावलको उठाएको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएको बताइएको छ ।

रावलका तीन असन्तुष्टि

– पार्टीमा पर्याप्त छलफल नगरी माओवादी केन्द्रसँग पार्टी एकता गरेको । र, आफूहरुलाई स्थायी समिति सदस्यमा मात्र सीमित गरेको ।

– ४० जना मनोनित केन्द्रीय सदस्यमा चयनमा आफूहरुसँग कुनै छलफल नगरेको । आफ्ना मानिस कोही पनि नराखेको ।

– सरकारबाट गरिने राजनीतिक नियुक्तिमा पनि बाइपास गरेको ।

प्रतिक्रिया
सम्बन्धित