मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

रुपन्देहीमा गोली चल्यो

दैनिक नेपाल २०७५ जेठ २ गते २०:२६

बुटवल, २ जेठ । रुपन्देहीको तिलोत्तमामा गोली चलेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा गोली चलेको हो । अज्ञात समूहले गरेको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । घाइते रामकृष्ण ढकाल नामका युवा रहेको बताइएको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

घटनापछि त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित