बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

एनआईसी एशिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशालाको आयोजना

दैनिक नेपाल २०७५ जेठ २ गते २०:३२

काठमाडौँ, २ जेठ । एनआईसी एशिया क्यापिटलले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिबृद्धि गराउन एक दिने निःशुल्क कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

सो कार्यशालामा २० भन्दा बढी ‘ग’ वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनीकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्गचित्र, तथा समयसापेक्ष रुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाहरुका बारेमा सो कार्यशाला केन्द्रित रहेको बताइएको छ ।

साथै, एनआईसी एशिया क्यापिटलले धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ । सो प्रदर्शनीमा राखिएको एनआईसी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५०० भन्दा बढि सहभागीले एन आई सी एशिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिनुका साथै लगानीका विषयमा अन्तर्क्रिया
गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित