बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

सीजी मोटोकोर्पद्वारा ट्राफिक प्रहरीलाई सीसी क्यामरा हस्तान्तरण

दैनिक नेपाल २०७५ जेठ २ गते १७:४६


काठमाडौँ, २ जेठ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग, सीजी मोटोकोर्पले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ ।

क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने छ । १८० डिग्री कभरेज भएको क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पु¥याउने छ । ललितपुर ट्राफिक शाखाका निरीक्षक सिताराम हाछेथुको उपस्थिति माक्यामरा हस्तान्तरण गरिएको हो ।

कार्यकारी निर्देशक करण चौधरीको अनुसार देशको अटोमोटिभ क्षेत्रमा आफूहरु अग्रणी रहेको भन्दै र सडक सुरक्षामा आफूहरुको पनि जिम्मेवारी रहेको बताए । सडकहरुमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारी पूर्वक गरेको प्रशंसनीय रहेको चौधरीको भनाई छ ।

‘हाम्रा सडकहरु सुरक्षित बनाउने उपायहरु अपनाउने उद्देश्यसहित गरिएको यस सिसि क्यामराको हस्तान्तरण हाम्रो ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यहरु मध्येको एक हो’, चौधरीले भने ।

प्रतिक्रिया
सम्बन्धित