मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

साढे २ करोड नक्कली नोटसहित ३ जना पक्राउ

दैनिक नेपाल २०७५ जेठ २ गते १७:१८

काठमाडौँ, २ जेठ । प्रहरीले ठूलो परिमाणको नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँले उपत्यकाका तीन विभिन्न स्थानबाट २ करोड ६३ लाख नक्कली नेपाली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।

गोगंबु, ठाडोढुंगा र लुभुबाट सो नक्कली नोट बरामद गरिएको हो । छापा मारिएको स्थानमा नक्कली नोट छापिएको तथ्य खुलेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित