मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

त्रिभुवन विमानस्थलमा उडान–अवतरण बन्द

दैनिक नेपाल २०७५ जेठ २ गते १६:५८


काठमाडौँ, २ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा पिच उप्किएपछि उडान–अवतरण बन्द भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दिउँसो सवा तीन बजेदेखि सबै उडान–अवतरण बन्द भएको हो । धावनमार्ग मर्मतको लागि समय लाग्नेछ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने कार्यालयले जनाएको छ ।

धावनमार्गको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित