मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

आइएमई इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंक एसुरेन्स सम्झौता

दैनिक नेपाल २०७५ जेठ २ गते १६:३२


काठमाडौँ, २ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशबराज पौडेलले हस्ताक्षर गरे ।

सम्झौतापश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धकद्धय राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धकद्धय शरण रेग्मी र पवन थापाको उपस्थिती रहेको थियो ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहकहरुले आफूले बैकिङ सेवा लिईरहेको बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

श्रेष्ठले बैंकसँग अझै सुमधुर सम्बन्ध स्थापित गरि व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित