बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

प्रदेश नं ४: हिमालय प्रदेश, पोखरा यसको प्रवेश विन्दु

प्रदीप आचार्य २०७५ जेठ २ गते १६:१२


-प्रदीप आचार्य

नाम राखिनु नितान्त बौद्धिक प्रक्रिया हो । व्यक्तिको नाम राखिदा खासै त्यसको व्याख्या भन्दा पनि व्यक्तिले गर्ने कार्य, उपलब्धी र सामाजिक योगदानले उसको उचाई ग्रहण गर्दछ । नाम राख्नु अनि कस्तो नाम राख्ने भन्ने हाम्रो समाजमा सामान्य कुरा भएपनि विश्वव्यापी रुपमा यसको छुट्टै महत्व छ । विश्वमा नामको सन्दर्भमै छुट्टै विषय नै बनाएर विश्वका धेरै विश्वविद्यालयमा पढाई हुने गरेको छ भने हजारौँ अनुसन्धान भएका छन् । नाम राख्ने कुरा व्यक्तिको सन्दर्भमा सामान्य मान्न सकिएला तर, व्यवसायिक तथा सार्वजनिक संस्थाको लागि भने ज्यादै चुनौतिको विषय बनेको छ ।

व्यवसायिक संस्थाको लागि नाम राख्न ध्यान नपुर्‍याउँदा व्यवसायिक रुपमा बजार छोडेर अरबौँ गुमाउन पुगेका दृष्टान्त छन् भने कयौँ नाम सबै हिसाबले उपयुक्त भएर बजार प्राप्त गर्न र बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएका छन् ।

व्यवसायिक संस्थाको लागि नाम राख्न ध्यान नपुर्‍याउँदा व्यवसायिक रुपमा बजार छोडेर अरबौँ गुमाउन पुगेका दृष्टान्त छन् भने कयौँ नाम सबै हिसाबले उपयुक्त भएर बजार प्राप्त गर्न र बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएका छन् । आर्थिक रुपमा बलियो हुँदाहुँदै नामले समस्या पार्दा विभिन्न एशोसिएसन खोज्दै केहि अवधिमा नामहरु परिवर्तन भएका पनि छन् भने लामो नाम हुँदा छोट्याउन परेका थुप्रै नामहरु छन् । व्यवसायिक संस्थाहरुमा यस्तो सुझाव दिन पछिल्लो अवधिमा ब्राण्डिङ विभागहरु निर्माण गरेको पाइन्छ, जसले कस्तो नाम राख्ने, ब्रान्ड म्यासेज कुन बेला के जारी गर्ने, कुन–कुन एशोसिएसनले गर्दा बजारमा आफ्नो प्रभाव राम्रो पार्न सकिन्छ लगायत धेरै कुराको अध्ययन तथा सुझाव यो विभागले गर्ने गरेका पाइन्छ ।

हाम्रो सुन्दर नाम पोखरा र लेखनाथ पोले भएका छन् भने हाम्रो पोखराको ब्रान्ड गुमाउँदै छौँ । तत्काल यस नाममा देखिएको विवाद अस्पष्टता र अन्योलतालाई हटाएर दुवै नामले आफ्नो पुरानो नामको प्रतिष्ठामा (इमेजमा) बढोत्तरी गरुन् शुभकामना दिन चाहन्छु ।

यी त भए व्यवसायिक संस्थाका कुरा, पछिल्लो अवधिमा हाम्रो संघीयताले गर्दा तीन तहका सरकार आइसकेका छन् । स्थानीय तहमा त पहिला संघीय सरकारले दिएको नाममा धेरै असहमति रहेको छ भने धेरै नाम परिवर्तनको लागि केन्द्रमा आएको सुन्न पाइन्छ । स्थानीय तहमा सबैभन्दा असहज लाग्ने र सबैको मस्तिष्कले सजिलै सम्झने भुगोलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका यसैको समस्यामा परेको छ । केन्द्रले पोखरा लेखनाथ महानगरपालिका भनेर पठाइदिएको छ । संयोग भनौँ साविकको लेखनाथ नगरपालिका घर भएका मानबहादुर जीसी यस महानगरपालिकाको मेयर हुनुहुन्छ । नामको सन्दर्भमा उहाँले एक अध्ययन समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ । उहाँले पनि सबै हिसाबले पोखरा महानगरपालिका बनाउन विश्वस्त हुनुहुन्छ यद्यपी, यो गर्नलाई उहाँ स्वयं दवावमा पर्नु भएको छ । जसले हाम्रो सुन्दर नाम पोखरा र लेखनाथ पोले भएका छन् भने हाम्रो पोखराको ब्रान्ड गुमाउँदै छौँ । तत्काल यस नाममा देखिएको विवाद अस्पष्टता र अन्योलतालाई हटाएर दुवै नामले आफ्नो पुरानो नामको प्रतिष्ठामा (इमेजमा) बढोत्तरी गरुन् शुभकामना दिन चाहान्छु ।

समस्या स्थानीय तहमा मात्र नभएर प्रदेशको नाम राख्नमा पनि भएको छ । एउटा संविधानसभा नाम र प्रदेश संख्यामा भएको विवादले असफल भयो । दोस्रो संविधान सभाले एउटा सहज उपाय खोज्यो, दुई तिहाई सांसदले नाम राख्न म्यान्डेड दियो, त्यसै अन्तर्गत प्रदेश नं ६ ले आफ्नो नाम कर्णाली राखेर सबैभन्दा पहिला यो अन्योलतालाई अन्त्य गर्‍यो । आफैमा यो नाम उपयुक्त छ, जुन नेपालकै ठूलो नदिको रुपमा रहेको छ तर पनि धेरै हिसाबले साझा नाम रह्यो । नाममा हुनु पर्ने प्राथामिक आवश्यकतामा इतिहासलाई बुझेको, एउटा छुट्टै परिकल्पनामा आउने, सम्झन सजिलो, सुझावात्मक अनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा पनि यसका विकासको बारेमा बहस भएका अनि राज्यको प्राथामिकतामा परेको हिसाबले पनि यो नाममा नदि मात्रै बुझ्न सकिदैन यो नाम राखिनुमा समृद्धिको तीव्र आकांक्षा पनि प्रकट गर्दछ ।

अहिलेको संघीयताले दिने भनेको कुनै प्रदेशले गरेको राम्रो कार्यलाई ग्रहण गर्ने त हुँदै हो तर, यो संघीयताले दिने भनेको अर्को प्रतिष्पर्धा पनि हो । कर्णालीले जुन अवधारणाले यो नाम राख्यो, त्यहि अवधारणालाई ल्याएर अन्य प्रदेशको नाम राख्नु पर्दछ भन्ने छैन । प्रतिष्पर्धामा फरक, नयाँनौलो र कसैको मस्तिष्कले सोचे भन्दा फरक गरे मात्रै प्रतिष्पर्धामा उत्कृष्ट भईन्छ । हो, अरु प्रदेशले कर्णालीले गरेझैँ जति सक्दो चाँडो यो समस्या समाधान गर्नुपर्दछ तर, त्यसो भन्दैमा सबैले नदीको नामलाई विशिष्टतामा राख्न जरुर भने छैन । सन्दर्भ पंतिकारले यसपालिको पोखरा भ्रमणमा प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीलाई भेट्न पुगेको थियो । उहाँले उक्त प्रदेशको विकास अनि समृद्धिमा गरेका सुरुवाति कार्यहरु धेरै राम्रो गरि आफै खटेर गरेको महसुस भयो । तरपनि उहाँमा केही अत्तालिएको महसुस हुन्थ्यो । किनभने, जनताका अपार माया अनि तीब्र समृद्धिको आवश्कताले पछ्याईरहको थियो ।

संस्थाको नाम राखिनु त्यसको उच्चारणको लागि मात्र नभएर त्यसको समाजमा पोजिसनिङको लागि पनि गर्ने हो । सँगसँगै नामले उक्त संस्थाले भविष्यमा गरिने योजना अनि त्यसको कार्यन्वयनमा पनि असर पार्दछ ।

उहाँले ज्यादै नम्र शैलिमा पर्यटनमा तत्काल गर्न सकिने कार्यको बारेमा सोध्नु भयो । अनि सँगसँगै यो पनि भन्नु भो जसले जनतालाई तत्कालको लाभ अनि आकर्षण गर्नपनि सकियोस् । आखिर सार्वजनिक पद धारण गरेको व्यक्तिले गर्ने व्यवहार उहाँको ज्यादै उत्कृष्ट रह्यो । पंतिकारले सानो सुझाव दिदै माननीयलाई प्रदेशको नाम अहिले सम्म राखिएको छैन । माननीय तपाई यसैमा केन्द्रित हुनुहोस्, जसले तपाईको कार्यसम्पादनमा उत्कृष्टता अनि पर्यटनबाट खोजेको समृद्धि प्राप्त हुनेछ । संस्थाको नाम राखिनु त्यसको उच्चारणको लागि मात्र नभएर त्यसको समाजमा पोजिसनिङको लागि पनि गर्ने हो । सँगसँगै नामले उक्त संस्थाले भविष्यमा गरिने योजना अनि त्यसको कार्यन्वयनमा पनि असर पार्दछ । प्रदेश नं. ४ बाट नै नेपालको पर्यटन औपरचारिक रुपमा शुरु भएको हो । अर्थात् सन १९५० मामौरीस हेर जोगले अन्नपूर्ण हिमालको सफल आरोहणपछि मात्र नेपालमा औपचारिक रुपमा पर्यटन गतिविधि भएको पाइन्छ ।

आफूले हिमालय नाम प्रस्ताव गरेको कुरा बताउनु भयो । यो नाम पंतिकारले सोचे भन्दा फरक, नौलो अनि एकीकृत थियो । सँगसँगै भन्नु भो अन्नपूर्ण यसै प्रदेशको गाउँपालिकाको नाम रहेछ भने गण्डकी नाम गरेर अगाडि थपिएका नाम पनि रहेछन् । नाम राखिनु कानुनी अनि सामाजिक रुपमा स्वीकार भएको राखिनुपर्दछ ।

जुनसुकै प्रदेशको पर्यटन गतिविधि यसमा राखिने नाम र यसले जारी गर्ने ब्रान्ड मन्त्रमा नै निर्भर छ । यी कुरा ज्यादै सानो देखिन्छन् तर, हरेक गतिविधि यससँग जोडिने गर्दछन् । त्यति भनेपछि अन्नपूर्ण वा नजिकको नाममा छलफल हुँदै थियो । उहाँले आफूले हिमालय नाम प्रस्ताव गरेको कुरा बताउनु भयो । यो नाम पंतिकारले सोचे भन्दा फरक, नौलो अनि एकीकृत थियो । सँगसँगै भन्नु भो अन्नपूर्ण यसै प्रदेशको गाउँपालिकाको नाम रहेछ भने गण्डकी नाम गरेर अगाडि थपिएका नाम पनि रहेछन् । नाम राखिनु कानुनी अनि सामाजिक रुपमा स्वीकार भएको राखिनुपर्दछ । यस प्रदेश साविकको गण्डकी धौलागिरी अञ्चल थिए । त्यसो गर्दा चर्चामा आएका नाम गण्डकी राख्दा साविकका धौलागिरीमा असन्तुष्टि हुने, धौलागिरी राख्दा यसै प्रदेश भएर बग्ने सप्तगण्डकीलाई वेवास्ता गरिने भयो, त्यहाँको पर्वतिय इतिहासलाई पनि नसमटेको हुने हुन्छ ।

यो प्रदेशमा नेपालमै पहिला पर्यटनमा हिमाली गतिविधि भएको, आठ हजार भन्दा अग्ला तीन वटा हिमाल भएको अनि विश्वकै १३ औँ सुन्दर माछापुच्छ्रे हिमाल यसै प्रदेशमा भएको, नेपालकै हिमाल आरोहणका लागि उपयुक्त कैयौँ हिमाल यसै प्रदेशमा भएको, यस प्रदेशको सम्पूर्ण पर्यटन नै हिमाल र हिमालबाट बग्ने नदीमा आश्रित हुने कुराले माननीयको कुरालाई उपयुक्त मान्न सकिन्छ । सँगसँगै यस क्षेत्रका हिमाल र हिमालय क्षेत्रहरु धेरै प्रवर्द्धन भएका पनि छन् । जसलाई एकीकृत प्रवर्द्धन सजिलो पनि छ ।

पोखरामा पर्यटक बढाउनु अनि हिमालमा आएका पर्यटकलाई हिमालयतिर लानु नै यस प्रदेशको रणनीति बन्नु पर्दछ । हो साँच्चै हो, अबको प्रदेश नं. ४ हिमालय प्रदेश अनि पोखरा हिमालयको प्रवेश विन्दु ।

मन्त्रीज्यूले यो लगायत धेरै दलिल पेश गर्नुभएको छ । उक्त कुरा मन्त्रालयमा गएर पाउन सकिन्छ भने, प्रदेश नं. ४ को पर्यटन गतिविधि पोखरालाई केन्द्रित गर्नुको अर्को विकल्प छैन भने अब केहि वर्षमा पोखराले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि पाउँदै छ । अरु प्रदेशले पर्यटनबाट समृद्धि प्राप्त गर्न धेरै कुराबाट सहज हुँदाहुँदै पनि पूर्वाधारले छेक्ने निश्चय नै छ । तर, यो मानेमा पोखरा अर्थात प्रदेश नं. ४ भाग्यमानी छ । तत्काल पर्यटनको योगदान प्रदेश नं. ३ पछि त्यसको हारहारीमा पुग्ने हैसियत प्रदेश नं. ४ ले नै राख्दछ भने यसको केन्द्रविन्दु पोखरा हुनेछ । तसर्थ, यस प्रदेशलाई ब्राण्ड म्यासेज जारी गर्न पनि सजिलो हुनेछ । जहाँ वर्तमान इमेज र पर्सनालिटीलाई बढोत्तरी गर्दै पोखरामा पर्यटक बढाउनु अनि हिमालमा आएका पर्यटकलाई हिमालयतिर लानु नै यस प्रदेशको रणनीति बन्नु पर्दछ । हो साँच्चै हो, अबको प्रदेश नं. ४ हिमालय प्रदेश अनि पोखरा हिमालयको प्रवेश विन्दु ।

प्रतिक्रिया
सम्बन्धित