बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

माओवादीले पनि बोलायो आकस्मिक बैठक

दैनिक नेपाल २०७५ जेठ २ गते १३:४३


काठमाडौँ, २ जेठ । केहीदिन यता सुस्ताएको एमाले–माओवादी एकीकरणको विषय फेरि तातेको छ ।

मंगलबार माओवादी अध्यक्ष पुपकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै बुधबार बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान अन वान वार्ता गरे ।

ओलीसँगको भेटपछि माओवादीले केन्द्रीय कार्यालयको आकस्मिक बैठक आह्वान गरेको छ । दिउँसो प्रचण्डविनास खुमलटारमा बस्ने बैठकमा पार्टी एकताको प्रगति, आज बिहान ओलीसँग भएको भेट लगायतका विषयमा प्रचण्डले नेताहरुलाई जानकारी गराउनेछन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहान बालुवाटारमा बैठक भएपछि माओवादीले आकस्मिक बैठक बोलाएको हो । हिजो मात्रै माओवादीका दोस्रो तहका नेताहरुले एकता प्रक्रियाबारे चासो राखेका थिए ।

प्रचण्डले ट्विट गर्दै पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठक आफ्नै निवास खुमलटारमा दिउँसो ४ बजेका लागि बोलाएको जानकारी दिएका छन् । ४ बजे नै बालुवाटारमा एमाालेको स्थायी समिति बैठक बस्दैछ ।

ओली र प्रचण्डबीच भोली एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ । भोलीको संयोजन समिति बैठकबााट सबै कुरा टुङ्ग्याउने नेताहरुको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित