शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

कामीरिताको २२ औँ सगरमाथा आरोहण सफल, बनाए विश्व कीर्तिमान

दैनिक नेपाल २०७५ जेठ २ गते १३:४३

काठमाडौँ, २ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

आरोहणको चौँथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो । यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित