आइतबार, ४ कार्तिक २०७५
DainikNepal.com
आइतबार, ४ कार्तिक २०७५

यसरी भयो मकालु एयरको जहाज दुर्घटना, हेर्नुस तस्वीरहरु

दैनिक नेपाल २०७५ जेठ २ गते १२:०२

– नृपराज हमाल / दैनिक नेपाल

हुम्ला, २ जेठ । हुम्लामा मकालु एयरको जहाज दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

९ एन एजेयु कल साइन भएको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाम खर्कमा बुधबार बिहान दुर्घटनाग्रस्त भएको हो । जहाज तीन टुक्रा भएको अवस्थामा फेला परेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाजमा चालक दलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल मात्र थिए ।

सुर्खेत विमानस्थलबाट सामान लिएर ६ बजेर १२ मिनेटमा उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो । बिहान १० बजेर २५ मिनेट जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट शव निकालेर ल्याउने तयारी भइरहेको प्रहरीलजे जनाएको छ ।

जहाज खोजीका लागि गएको माउन्टेन एयरको हेलिकोप्टरले दुर्घटनास्थल पत्ता लगाएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित