मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

दैनिक नेपाल २०७५ जेठ २ गते ११:३८

काठमाडौँ, २ जेठ । बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । मंगलबार ५९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ५८ हजार ७०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ५ सय रुपैयाँले घटेको हो ।

यता, चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा १० रुपैयाले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित