बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’को सम्भावना कति ?

दैनिक नेपाल २०७५ जेठ २ गते ११:०५


काठमाडौँ, २ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी वार्तामा पार्टी एकता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सरकारे नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल चलिरहेको जनाइएको छ ।

मोदीको भ्रमणपछि दुई नेताको सम्बन्ध चिसिएको हल्ला चलिरहँदा उनीहरुबीच जारी वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अध्यक्षद्वयको वार्ताले दुई पार्टीको एकता मिति तोक्ने अपेक्षा गरिएको छ । सरकारले आउँदो ७ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । यसअघि ६ गते भित्रै पार्टी एकताको सम्भावनाको विषयमा पनि दुई नेताबीच कुराकानी हुने स्रोतले जनाएको छ ।

पार्टी एकताबारे मंगलबार मात्रै माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो । मंगलबार नै माओवादीका दोस्रो तहका नेताहरुले प्रचण्डलाई एकताका लागि दबाब दिएका थिए ।

पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमालेले आज दिउँसो ४ बजे स्थायी समिति बैठक बोलाएको छ । यसअघि बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता टरेको थियो । त्यसपछि बैशाख २२ पनि हुन नसकेको एकता अनिश्चित बनेको छ । दुई पार्टीका नेता/कार्यकर्ताबीच सम्बन्ध चिसिएको छ ।

चुनाव चिन्ह, पदाधिकारी, केन्द्रीय, पोलिटव्यूरो र स्थायी समिति कति बनाउने भन्ने टुङ्गो लगाउने जिम्मा एकता संयोजन समितिले दुई अध्यक्षलाई दिएको थियो ।
दुई अध्यक्षबीच पटक पटक एक्लाएक्लै वार्ता भएपनि यी विषय टुङ्एिको÷नटुङ्एिको कुनै जानकारी दिइएको छैन । झण्डै एक महिनायता संयोजन समितिको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित