मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

जापानमा पनि मनाइयो बुद्ध जयन्ती

दैनिक नेपाल २०७५ जेठ २ गते ९:००

जापान । नेवास् अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह यही मे महिनाको १२ तारिखका दिन सम्पन्न गरेको छ ।

चिबा केन माचुदो शी मा अवस्थित माचुदो सेइचिरेइएन बिहारमा आयोजना गरिएको यस समारोहमा जापानका लागि नेपाली राजदुत श्रीमती प्रतिभा राणा को प्रमुख आतिथ्य रहेको थियो ।

नेपाल लगायत जापान, श्रीलंका र बर्माबाट आमन्त्रित बुद्धका अनुयायी भन्तेहरूबाट बुद्धका स्लोकहरू बाचन गरी विश्व शान्तिको कामना गर्दै पुजापाठ समेत गरिएको थियो ।

टोकियो, चिबा, खानागावा क्षेत्रबाट नेपाली तथा जापानिज आगन्तुकहरू सहभागी भई कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको थियो ।

बिहारको प्रमुख माचुई दोउकोउले हाम्रो यस बिहार नयाँ भएको र निर्माण पश्चात यस्तो बृहत कार्यक्रमको आयोजना पहिलो पटक भएकोले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित