बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

‘रेस ३’ ट्रेलर सार्वजनिक, अहिलेसम्मकै बोल्ड एक्सनमा देखिए सलमान

दैनिक नेपाल २०७५ जेठ २ गते ७:१६
मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनित हाइअक्टेन एक्सन फिल्म ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा भरपुर एक्सन र स्टाइललाई महत्व दिइएको छ । ३ मिनेट लामो ट्रेलरमा सलमानलाई सिकन्दरको भूमिकामा प्रस्तुत गरिएको छ ।

मसलाप्रधान फिल्मको बाचा ट्रेलरले देखाएको छ । फिल्ममा हलिउड शैलीका एक्सनको भरपुर प्रयोग गरिएको छ ।

फिल्ममा सलमान खान, अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नानडिज, डेजी शाह आदिको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् । फिल्म करिब १२० करोड भारूको लागतमा निर्माण भएको हो । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित