बुधबार, ६ भदौ २०७५
DainikNepal.com
बुधबार, ६ भदौ २०७५

स्वदेशभित्रै पाइने आयुर्वेदिक यी चार औषधि, धेरै छन् फाइदा

दैनिक नेपाल २०७५ जेठ २ गते ६:२०

काठमाडौं । अश्वगन्धा नामक आयुर्वेदिक औषधिले यौन शक्ति बढाउने गर्छ । काठमाडौंको वैद्यखानाबाट उत्पादित अश्वगन्धाले यौन शक्ति बढाउनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

यो औषधिले शरीरमा स्फूर्ति बढाउने बताइन्छ । अश्वगन्धा बिरामी भएको वा नभएको दुवैले खान सकिन्छ ।

ब्लड प्रेसर भएका व्यक्तिले अश्वगन्धा धेरै समय खाएमा प्रेसर बढ्न सक्छ तर सामान्यतः असर गर्दैन । अश्वगन्धा दिनमा दुई पटक खान सकिन्छ ।

बाजिकरले पनि यौनशक्ति बढाउँछ । आयुर्वेदिक औषधि बाजिकरको सेवनले यौन दुर्बलता हटाउँछ । बाजिकरमा अश्वगन्धा, मुस्ली, सतवारी तथा कपीकच्छुलगायतका जडिबुटी मिसिएको हुन्छ । यो दिनमा दुई पटकसम्म खान सकिन्छ ।

एक पटकमा एक चम्चा खान सकिन्छ । यो महिला पुरुष दुनै जनाले खान सकिन्छ । यौन क्षमतामा कमी आयो वा शारीरिक अशक्तता भयो भने बाजिकरको सेवनले फाइदा गर्छ ।

यसले नसा तथा हड्डीलाई बलियोसमेत बनाउँछ । यसमा भिटामिन, खनिज तथा मिनरल्स पनि पाइन्छ । वर्षमा दुई महिनासम्म यसको सेवन गर्दा शरीर मजबुत बनाई यौन क्षमता बढाउँछ । दुई महिनाभन्दा धेरै नखाएकै राम्रो हुन्छ ।

बालाबालिकाको हकमा भने चिकित्सकको सल्लाहविना प्रयोग गर्नुहुँदैन । बच्चा भएको छैन भने यसको सेवनले यौन शक्ति बढाएर बच्चा बस्न सक्छ ।

वैद्यखानाबाट उत्पादित बाजिकर शक्ति शास्त्रअनुसार नै बनेकाले गुणस्तर राम्रो छ । बाजिकर १० देखि १५ ग्रामसम्म दैनिक दुईपटक दूधमा खान सकिन्छ ।

च्यवनप्राश आर्युवेदशास्त्रअनुसार नै बनाइन्छ । यसमा ५२ वटा जडिबुटी मिसाइन्छ । मुख्यरूपमा रहेका ४२ वटा जडिबुटी भने परिवर्तन गरिँदैन । च्यवनप्राशमा मुख्य अमला मिसाइएको हुन्छ ।

यार्शागुम्बा, पाँचऔँले, कपीकच्छु लगायतका जडिबुटीसमेत मिसाइन्छ । यसले यौन शक्ति बढाउँछन् । अमला काँचो मिसाइन्छ ।

शिलाजित एक प्रकारको खनिज पदार्थ हो । शिलाजितमा शिलाजित मात्रै हुँदैन । यसमा अन्य विभिन्न किसिमका जडिबुटी पनि मिसाइन्छ । शिलाजितले ब्लडसुगर, ब्लडप्रेसर तथा रगत सफा गर्ने काम गर्छ ।

शिलाजितको द्रव्य तितो हुने भएकाले यसले ब्लड प्युरीफाई गर्छ । रगतलाई सफा र कन्चन बनाउँछ । ब्लड सफा हुनेबित्तिकै शारीरिक स्फूर्ति बढाउँछ । कोलस्टोर हटाउँछ ।

ब्लड सर्कुलेसन राम्रो हुनेबित्तिकै शरीर पनि तेज हुन्छ र यौन उत्तेजना बढाउनुका साथै यौन क्षमता पनि बढाउँछ । शिलाजित ५ सय एमजीदेखि एक ग्रामसम्म बिहान बेलुका खान सकिन्छ । गुणस्तरीय शिलाजित पानीमा डुबाउँदा पानीलाई फोहोरा जस्तै माथि फाल्छ ।

प्रतिक्रिया
सम्बन्धित