शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

यी रहेछन मध्यपुर ठिमीका मेयरका आक्रमणकारी, परे प्रहरी फन्दामा

दैनिक नेपाल २०७५ जेठ १ गते २२:२६

काठमाडौँ, १ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका मुख्य योजनाकार पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार बागबजारबाट मेयर माथि आक्रमण गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुशल बोगटीलाई पक्राउ गरेको हो ।

मेयर श्रेष्ठ वैशाख ८ गते साँझ निवास छिर्न लाग्दा अज्ञात दुई व्यक्तिको रड प्रहारबाट घाइते भएका थिए । रड प्रहारबाट मेयर श्रेष्ठको दायाँ हात र खुट्टामा चोट लागेको छ भने गाडीमा समेत तोडफोड भएको थियो ।

घटना भएको ३ हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी धिरज प्रताप सिंहले मेयर आक्रमण घटनामा विप्लव समूहको संलग्नता देखिएपछि जिल्ला इन्चार्ज बोगटीलाई पक्राउ गरिएको बताए । बोगटीलाई अपराध महाशाखाको हिरासतमा राखिएको छ । उनको साथबाट प्रहरीले २ थान मोटरसाइकल तथा १३ थान सिमकार्डसहित केही मोबाइलसमेत बरामत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित