मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

मणिको त्यो इन्ज्युरी ‘फ्रि किक’ जसले ‘साफ’ जितायो

नेपाली फूटबलका महारथीलाई दशरथ रंगशालाबाट अन्तिम विदाई

दैनिक नेपाल २०७५ जेठ १ गते १३:५५

अन्तिम श्रद्धाञ्जली दिँदै प्रदेश ३ प्रमुख अनुराधा कोइराला

काठमाडौं, १ जेठ । २६ वर्षका योङस्टार थिए मणि शाह । त्यसैबेला नेपाली राष्ट्रिय फूटबल टिमले भारतमाथि ठूलो जित निकाल्यो । त्यहि जितका कारणले छैठौं साफको स्वर्णको ट्रफि नेपालले हात पा¥यो । हारिसकेको खेललाई शाहले नै जितमा परिणत गरे ।

सन् १९९३ नेपालले स्वर्ण जित्दा उनी टिमको खास थिए । फूटबलमा हुने दुर्लभ गोल मध्ये एक गरेका थिए, उनले । बंगलादेशको ढाकामा भएको खेलमा भारतविरुद्धको प्रदर्शनमा नेपाल २–१ ले पछि थियो । खेलमा इन्ज्युरी समय थपियो, सकिन लागेको थियो । लगभग २६ गजमा पाएको ३० सेकेन्ड बाँकी रहँदाको फ्रि किक मणिले प्रहार गरेका थिए । त्यो बलले जाली चुम्नु नै नेपालले भारतमाथि दबाब राखेर जित्ने अवसर पाएको थियो । खेलमा नेपालले पेनाल्टी सुटमार्फत भारतलाई ४–३ ले हराएको थियो ।

नेपाली म्याराडोना समेत मानिने शाहको सोमबार निधन भएको छ । उनको आज दशरथ रंगशालामा अन्तिम विदाई गरियो । श्रद्धाञ्जली सभा गरिएको थियो ।

देव्रे खुट्टाका जादुगर
मणि शाहको बाँया खुट्टाको प्रहार निकै सशक्त हुने गथ्र्याे । बायाँ खुट्टामा एक किसिमको जादु र फ्रिकिकमा पनि मणिले उत्कृष्ट प्रदर्शन गरेको गणेश थापा बताउँछन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान शाहको ५१ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अपराह्न ५ बजेर ४२ मिनेटमा उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दियो । शाहका श्रीमती र एक छोरी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले लिजेन्ड फुटबलर मणि शाहको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति पुगेको बताए ।

शाहसँगै फुटबल खेलेका एन्फाका पूर्वअध्यक्ष थापाले मणि शाह नेपालको मात्र नभएर दक्षिण एसियाकै असाधारण खेलाडी भएको बताए ।

उनको खेल्ने शैली, कपडादेखि अभिव्यक्ति सबै म्याराडोनासँग मिल्दोजुल्दो भएका कारण नै उनलाई नेपाली म्याराडोना भनेर संज्ञा दिइयो ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झन्डा बोकेका थिए उनले ।

सन् १९९८ मा शाहलाई नेपाली टिमको कप्तानीको जिम्मेवारी दिए पनि उनी बेन्चमा सीमित बनेका थिए । शाहले सन् १९८५ मा १७ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनको पार्थिव शरिरलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित