मंगलबार, ५ भदौ २०७५
DainikNepal.com
मंगलबार, ५ भदौ २०७५

१४ बर्षिया किशोरीले पार्किङमा जन्माइन् बच्चा

दैनिक नेपाल २०७५ जेठ १ गते १२:२०

सांकेतिक तस्बिर, स्रोत : इन्टरनेट

काठमाडौं, १ जेठ । एक १४ वर्षीया किशोरीले पार्किङमा नै ६ महिनाको प्रि–मेचुअर शिशुलाई जन्म दिएकी छन् । शिशुको जन्मने वित्तिकै मृत्यु भयो । प्रहरीले मुद्दा दर्ता गरेर आरोपीको पहिचानका लागि अनुसन्धान सुरु गरेको बताएको छ । यसबारे किशोरीसँग पनि सोधपुछ गरिएको थियो ।

यो घटना भारतको चन्दीगढको हो । ९ कक्षाकी छात्रा उनी आफ्नो आमाबुवासँगै बस्दै आएकी थिइन् । गएको आइतबार किशोरीले आफूलाई अत्यधिक पेट दुखेको बताएपछि गाडी लिएर अस्तपाल पुगेका बाबुआमाले छोरी गर्भवती भएको चाल पाएका थिएनन् ।

पार्किङमा गाडी राखेर पैदल हिँडिरहेका बेला उनलाई थप पीडा भयो । सहन नसक उनी भुइँमा बसिन् । त्यसको केही बेरमा किशोरीले शिशुलाई जन्म दिइन् । उक्त घटना सुरक्षागार्डले देखेपछि त्यहाँ डाक्टरको समूह पुगेको बताइएको छ ।

किशोरीका आमाबुवाका अनुसार उनीहरूलाई छोरी गर्भवती भएको थाहै थिएन । दुबै कामकाजी हुन् । कामकाजी उनीहरूले भने,‘हामीलाई कसैमाथि शंका पनि छैन किनभने हामीले यस्तो होला भनेर कहिल्यै सोचेका थिएनौं । साथै, छोरीले पनि कहिले यसबारे केही पनि भनेकी छैनन् । हामी त उनको पेट किन दुख्यो भनेर उपचारका लागि आएका थियौं । हामी चकित छौं । थाहा छैन हामीबाट कहाँ र कसरी गल्ती भयो ।’

किशोरीलाई अस्पतालबाट डिस्चार्ज भइसकेको छ तर उनको रुटिन चेकअप भइराख्नुपर्ने बताइएको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित