मंगलबार, ८ जेठ २०७५
DainikNepal.com
मंगलबार, ८ जेठ २०७५

मोदीले भने–छिट्टै भगवान गौतमबुद्ध जन्मेको भूमि लुम्बिनी पनि जानेछु (भिडियोसहित)

दैनिक नेपाल २०७५ वैशाख २९ गते १६:०६

काठमाडौँ, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने इच्छा देखाएका छन् । शनिबार बिहान मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा पुजापाठ गरेका मोदीले छिट्टै नै बौद्धभूमि लुम्बिनीको पनि भ्रमण गर्ने बताए ।

‘भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि म छिट्टै भ्रमण गर्नेछु’, काठमाडौँ महानगरपालिकाले राष्ट्रियसभागृहमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा उनले भने ।

मोदीले काठमाडौँ बुद्धको जन्मस्थल भएको देशको राजधानी, सर्वाेच्च शिखर सगरमाथा रहेको देशको राजधानी मात्र नभएर सयौँ वर्ष पुरानो कला, संस्कृतिको संगमलस्थल भएकाले पनि आफूलाई काठमाडौँप्रति प्रेम भएको बताए ।

बसन्तपुर, स्वयम्भु, किर्तिपुर, भक्तपुर, ललितपुरमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा अमूल्य रहेको मोदीले बताए । बसन्तपुरको बान्की, पाटनको प्रतिष्ठा, भक्तपुरको भव्यता, किर्तिपुरको कला र ललितपुरको लालित्य एकदमै भव्य भएको हुनाले बताए ।

छिमेकी पहिलो भन्ने भारतको विदेश नीति मात्र नभएर संस्कार पनि भएको भन्दै उनले सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतले साथ दिने बताए ।

२०७२ सालमा आएको भूकम्पको सिंगो नेपाली र काठमाडौँवासीले गरेको बहादुरीपूर्ण सामानालाई मोदीले प्रशंसा गरे । नेपालीको साहसको विश्वले सिक्नुपर्ने बताएका मोदीले नाकान्दीबारे पनि केही पनि बोलेनन् ।

प्रतिक्रिया
सम्बन्धित