शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

ओली ‘टोर्जन’ र राउतको ‘रेप’

प्रदेश २ का मुख्यमन्त्रीले ‘शिशु संविधान’लाई टेकेर सत्तामा पुगे, त्यसैको सामूहिक बलात्कार गरे

दैनिक नेपाल २०७५ वैशाख २९ गते ११:३७

– विनोद ढकाल

प्रदेश २ का मुख्यमन्त्रीले ‘शिशु संविधान’लाई टेकेर सत्तामा पुगे, त्यसैको सामूहिक बलात्कार गरे

पहिलोपटक संघात्मक प्रणालीको राज्य विस्तार र स्थायी बनाउने प्रयासको क्रममा मुलुकसँग जोडिएका प्रत्येक नेपालीको वर्तमान र भविष्यप्रति घोत्लिएर सोचौं– हामी कुन अवस्थामा छौं, पुग्ने कहाँ हो ? एउटा युद्धको दशकसँगै प्रत्येक चिजको लहर र सम्भावनाहरू अलपत्र भए, विकासका धरोहर भत्किए, विचारका बाटोहरू तितरवितर भए, राजनीतिका नाममा सम्प्रदायका व्यक्तिगत तुस र सामाजिक अपराधका पीडा मुद्दा बन्न थाले । यसलाई प्रतिस्थापन गर्ने दरिलो राज्य बनाउनका लागि कम्तिमा अर्को दशक सकियो । अहिले संघीय संरचनामा मुलुकलाई स्थापित गर्ने चुनौति जन–जन नेपालीको हातमा छ । त्यसका लागि पहिलो सर्त नेपाल, दोस्रो नेपाली र तेस्रो भौगोलिक, जातीय, वर्गीय र क्षेत्रीय अधिकार हो । संसारमा राजनीतिक स्थायीत्वको विकासक्रम पनि यहि हो । नेपाल साम्प्रदायिक खाडलबाट बौरिने प्रयासमा छ । जातीय विभेदका प्रायोजित कर्महरूबाट पनि उठ्ने प्रयत्नमा छ । धार्मिक असहिष्णु मनोभावना त पलाउनै हुँदैन भन्नेमा छ । तर देशको चित्र यस्तो देखिएको छ ? विचार, सम्प्रदाय, जात, वर्ग, वर्णमा विविधता हुँदाहुँदै पनि राष्ट्रलाई जोड्ने मुख्य अस्त्र उसको राष्ट्रियता नै हो । सवा सय करोड जनता भएको भारतमा कम्तीमा २० प्रतिशत मुस्लिम छन् । धार्मिक विभेद छ, त्यहाँ । यदि ती मुस्लिमले राष्ट्रियताको मुद्दालाई बलियो नबनाउने हो भने भारत धार्मिक युद्धको कठिन परिस्थितिबाट गुज्रिन सक्छ । त्यो संयमताको राजनीतिक संस्कार तल्लो तहका जनतामा भिजाउने काम राज्यले गर्छ ।

दक्षिण अफ्रिकाको स्वतन्त्रताका लागि लामो समय जेलजीवन विताएका नेल्सन मण्डेलाले त्यसै भनेका होइनन् कि ‘मेरो सफलताका हिसाबले मलाई मुल्यांकन नगर, म कति समय लडेँ, कति समय उठेँ भन्ने विषयबाट मुल्यांकन गर । एउटा सम्प्रदाय दुःखी हुने, राज्य दुःखी हुने हिसाबमा जब जिम्मेबार व्यक्तिले विदेशी नेताका सामु लम्पसार परेर राज्यको खिल्ली उडाउँछ, राज्यलाई दबाब दिनका लागि खुलेआम अपिल गर्छ देशप्रति उसको मान र सम्मान कति रहन्छ ?

यसपटक अलिक भावुकताका साथ तथ्यलाई अगाडि सार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाली तिर्थयात्राको पहिलो दिन देखिएको परिदृश्यको संचित घटना उतार्न बाध्य छु । नाकाबन्दीले थलिएको नेपाललाई फर्किएर हेर्दा कोही संघर्षको नाममा प्रायोजित संघर्षमा थिए, कोही खानाका लागि आफैंसँग लडिरहेका थिए । चामल, दाल, आगोका लागि आफैंसँग संघर्ष गरिरहेको दुई तिहाई नेपालको पीडाको नजरअन्दाज गरेर विकास र सुविधाको उपयोग गर्न नसकेको, नजानेको क्षेत्रका वैचारिक दरिद्रता देख्न र सुन्नु पर्दा को चाँहि खुसी हुन्छ ?

संविधानका व्यवस्थालाई स्वीकार गरी धारा, उपधारामा टेकेर चुनावमा जनताको भावनालाई व्यालेडमा खसाउन बाध्य पारेका संघीय समाजवादी पार्टीका नेता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो असली चेहरा प्रस्तुत गरे । यो मनभित्र गडेको भावनात्मक विभेदको ज्वाराभाटा थिएन, अवसरवादमा लपेटिएको मुलुक विखण्डनकारी प्रायोजित भाषण थियो, किनभने यो लिखित थियो । नेपालको संविधानले मधेसलाई विभेद गरेको, भावनामा चोट पुराएको भन्ने उनको अनुहारमा छनक थिएन, बरु यति बोलिरहँदा त्रास, भविष्यमा हुनसक्ने विरोधको शिकार, विवेक र बुद्धिको मापनमा आउनसक्ने परिणामको संशय थियो । त्यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरी मुलुकको मुल कानुनको धज्जी उडाए । संविधानले मधेसलाई विभेद गरेका कारणले संघर्ष जारी छ भन्ने मात्र बोलेनन्, त्यसका लागि दबाब दिन बारम्बार अपिल पनि गरे । कतिसम्म भने मोदी एउटा तिर्थयात्री होइन, भारतबाट जानकी मन्दिरमा आएका भगवान ‘राम’ नै भन्ने घोषणा जस्तै भयो । अतिथिको स्वागत गर्नुपर्छ । सर्वस्व सुम्पिएर लम्पसार पर्नु हुँदैन । यो कडा टिप्पणी होइन कि राउतले नेपालको संविधान, मौलिकता, राष्ट्रियताको सामूहिक ‘रेप’ गरे ।

मुलुकभित्रका सवाल मुलुकभित्रको जवाफमा अन्तरनिहीत हुन्छ । भाडामा उर्दीसहित ओसारेका जनतालाई नुन र च्युरा खुवाएर मोदीलाई ३ सय ६३ किलोको माला लगाउने सोचको प्रवृत्ति लम्पसारवाद भन्दा केही होइन, त्यहाँमाथि आफैंभित्रको समस्याको पोको मोदीका पाऊमा राख्ने बदनियतपूर्ण कदमले राउतलाई प्रदेश मुख्यमन्त्री भन्न कत्तिको सुहाउँछ ? जनताले नै फैसला गरुन् । नेपालभन्दा विविधता भएका उदाहरण विश्वमा छन् ।

ओली सरकारले लालबाबु राउतलाई कारबाही गरेर २ नम्बर प्रदेशमा राष्ट्रपतीय शासन लागु गर्ने हिम्मत देखाउन सक्छ सक्तैन अथवा उपेन्द्र यादवले मुख्यमन्त्री फिर्ता बोलाउने काम गर्न सक्छन् सक्तैनन् ?

अमेरिका आप्रवासीहरूको मुलुक हो । विश्वका कयन देशका अनुहार, जात, धर्म, वर्ण, राष्ट्रियताको मिश्रण छ त्यहाँ । त्योसँगै उत्पीडनका कथा पनि छन् । ‘स्टेट भिजिट’का बेला कुनै सम्प्रदाय वा वर्णको बहुमतका आधारमा राष्ट्रप्रतिको जिम्मेबारितालाई पाउमा राखेर बलात्कार गर्ने चलनचाँहि छैन । यसकारण ओली सरकारले लालबाबु राउतलाई कारबाही गरेर २ नम्बर प्रदेशमा राष्ट्रपतीय शासन लागु गर्ने हिम्मत देखाउन सक्छ सक्तैन अथवा उपेन्द्र यादवले मुख्यमन्त्री फिर्ता बोलाउने काम गर्न सक्छन् सक्तैनन् ? यो राष्ट्रिय र अहम् प्रश्नमाथि गम्भिर विवेचना आवश्यक छ ।

‘ओली टोर्जन’

एउटा कठोर सत्यलाई भ्रामक दृष्टिबाट व्याख्या नगरी भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी जितको मुख्य आधार राष्ट्रवाद नै थियो । नाकाबन्दीका बेलाको कार्यकाल ओलीले देखाएको अडानलाई नेपाली जनताले ब्यालेडमा अनुमोदन गरिदिए । यसकारण उसको बलियो संगठन रहेको मधेस क्षेत्रमा एमालेको राम्रो नतिजा आउन सकेको थिएन ।

भारतीय संस्थापनसँग चिसिएको सम्बन्धको कारण नेपाली जनताको मतबाट अनुमोदित भएका ओली जब दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा उक्लिँदै थिए त्यसैबेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण भयो । उनले आफूलाई विरोधाभाष देखाउने क्रमको निरन्तरता त्यहीँबाट गरे । उनले भनेका थिए, ‘स्वराजलाई एमालेले बोलाएको हो ।’

सरकारका प्रतिनिधि बनेका रक्षामन्त्री नै मुख्यमन्त्रीको भाषण सुनेर मलिन्द्र अनुहार बनाइरहेका हुन्छन् यो परिस्थितिका मुख्यपात्रको चरित्र परिवर्तनलाई ‘टोर्जन’ उपयुक्त शव्द हो ।

राजनीतिमा सम्बन्ध उतारचढाव सामान्य हुन् । तर कुटनीतिमा भएको उतारचढावले गहिरो अर्थ राख्छ । ओली आलोचनाको पात्र बन्दै जानुको कारण उनको व्यवहारमा आएको ‘ट्वीस्ट’ प्रवृत्ति हो । जसलाई अलिक कडा शव्दमा ‘टोर्जन’ भन्न मिल्छ । मोदीको यस पटकको नेपाल भ्रमणका क्रममा ओली प्रशासले देखाएको अलोकतान्त्रिक मर्यादा यसको कारण पनि हो । नेपालमा सुरक्षाका नाममा बन्द गराउने, नाकाबन्दी सम्झिएर सांकेतिक विरोध गर्नेका तुल च्यात्ने, विखण्डनकारी तुल बोकेर भीडमा उत्रिने र स्वतन्त्र देशकै माग गर्नेलाई केही नगर्ने ओली प्रशासनको द्वेध चरित्र नै हो । जुन कार्यक्रममा देशको सीमा, विखण्डनको अवस्थालाई सुरक्षा गर्ने नेपाली सेनाको ठूलो सुरक्षा घेरा र रेकी नै लाचार हुन्छ, सरकारका प्रतिनिधि बनेका रक्षामन्त्री नै मुख्यमन्त्रीको भाषण सुनेर मलिन्द्र अनुहार बनाइरहेका हुन्छन् यो परिस्थितिका मुख्यपात्रको चरित्र परिवर्तनलाई ‘टोर्जन’ उपयुक्त शव्द हो ।

अब के गर्ने ?

विचारको आत्महत्या भइसकेको छ । राष्ट्रवाद ‘प्यारालाइज्ड’ बनाइयो । दुधले नुहाएको सरकार भेट्न मुस्किल छ । कुटनीतिक तहमा बन्ने भनेको राजनीतिक सम्बन्ध फेरि धुलोसँग जोडियो । अब राष्ट्रवादको आन्दोलन मर्न दिनु छैन । आजको पुस्ताले सामाजिक सञ्जाल र घरघरमा जोगाइरहेको झिनो राष्ट्रवादलाई अबकै पुस्ताले बचाउने सामाजिक अभियान जारी राख्नुपर्छ । लोकतन्त्रका नाममा जनताको मतको भावनालाई जागृत गराउने दबाब आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित